२१ बैशाख २०८१, शुक्रबार

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत छः विवेकशील साझा (विज्ञप्तिसहित)



काठमाडौं । विवेकशील साझा पार्टीले सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत रहेको आरोप लगाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले संसद विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको ओली सरकारले सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा गरेको संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति तथा शपथले संविधानमाथि अर्को घातक प्रहार गरेको आरोप लगाएको हो ।

विवेकशील साझाले सरकारको प्रतिकार गर्ने नाममा बन्द गरेर नागरिकलाई दुःख दिने काम नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।

‘प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृित्तको समर्थन गर्नु आफू र आफ्ना सन्ततिको भविष्यमाथि आफै बन्चरो प्रहार गर्नु हो’, विज्ञप्तिमा भनिएको छ,’सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाइ दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्ताल जस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह गर्दछ । एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन ।’

विज्ञप्ति



प्रतिक्रिया दिनुहोस !