आम हड्ताल सफल पार्न नेकपा शीर्ष नेताहरु सडकमा उत्रिए (फोटोफिचर)
काठमाडौं । प्रचण्ड -नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । नेकपाका शीर्ष नेताहरु आम हड्तालका लागि सडकमा निस्किएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बधबार आम हड्ताल गरेको थियो ।
हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यकसाधानहरु एम्बुलेन्स, अस्पतालका बस, खाद्यान्न, दुध, औषधीका गाडी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् ।