७ मंसिर २०८१, शुक्रबार

उपत्यकामा आम हड्ताललाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा



२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बिहीबार गर्ने आम हड्ताललाई मध्यनजर गर्दै आज एक्का बिहानैबाट उपत्यकामा आवाश्यक सुरक्षा ब्यवस्था कडा गरिएको छ ।

आम हड्ताललाई मध्येनजर गर्दै उपत्यकाको बिजुली बजार ,बबरमल, माइतीघर मण्डला ,न्युरोड लगाएतका स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आमहड्तालका क्रममा अवाञ्छित गतिविधिहरु हुने संभावनालाई ख्याल गर्दै साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार साबिकको भन्दा पैदल, मोबाइल र पिकेट गस्ती बढाइने भएको छ ।

आमहड्तालका क्रममा जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड गर्ने क्रियाकलाप गरिए नियन्त्रणमा लिएर प्रहरीले कारबाही गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !