२१ बैशाख २०८१, शुक्रबार

विश्वभर कोरोना संक्रमणबाट एकै दिन करिब १४ हजार जनाको मृत्यु



२२,माघ, काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा विश्वभर १३ हजार आठ सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख ७६ हजार दुई सय ८५ पुगेको छ।

गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा तीन हजार छ सय ३३ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ६१ हजार पाँच सय ६४ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार तीन सय २२ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार एक सय ८० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा जर्मनीका आठ सय २६, स्पेनका पाँच सय ६५, मेक्सिकोका चार सय ३३, रूसका पाँच सय २६, दक्षिण अफ्रिकाका तीन सय ९८, फ्रान्सका तीन सय ५७ तथा इटालीका चार सय ७६ जना रहेका छन्।

भारतमा सोही अवधिमा ९९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार सात सय ३४ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !