२९ बैशाख २०८१, शनिबार

आज २०७७ माघ २२ गते बिहिवारको राशिफल



आज २०७७ माघ २२ गते बिहिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन

वित्तिय संस्थाबाट सहयोग पाईने र स्वादिष्ट भोजन पनि मिल्नेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

सिंह

आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ ।

तुला

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् । रमणीय र सुखद् यात्राको योग छ । शेयर बाजारमा पनि राम्रै हुनेछ ।

धनु

आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ ।

कुम्भ

आज मनमा उत्साह छाउने र बोली विक्ने समय पनि छ । पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

बृष

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कर्कट

आज नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । नयाँ कार्यको योजना बन्नेछ ।

कन्या

राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

बृश्चिक

आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला ।

मकर

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन

आज वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सन्तान टाढिन सक्छन् ।



प्रतिक्रिया दिनुहोस !