७ मंसिर २०८१, शुक्रबार

दाहाल-नेपाल समूहको धादिङबेंसीमा मसाल जुलुसमाः प्रहरी, कार्यकर्ता बिच झडप, ५ जना घाइते



धादिङबेंसी । नेकपा दाहाल नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले धादिङ सदरमुकाममा बुधबार साँझ मसाल जुलुसमा निकालेको छ ।

धादिङबेंसीको शिरानबजारबाट सुरु गरिएको मसाल जुलुस क्याम्पस चोक, वीचबजार, शान्तबजार हुँदै पुछारबजारमा आएर कोणसभामा परिणत भएको थियो ।

बिहीबारका लागि आह्वान गरिएको आम हड्तालको पूर्वसन्ध्यामा निकालिएको मसाल जुलुस पुछारबजारमा समापन हुन लागेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले रोक्न खोज्ने क्रममा केहीबेर झडप भएको थियो । झडपमा झडपमा २ प्रहरीसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक अरुणकुमार कुशवाह तथा प्रहरी जवान हेमला गुरुङ रहेका छन् । आन्दोलनकारीतर्फ नेकपा नेता लक्ष्मण रम्तेल सख्त घाइते भएका छन् ।

प्रहरी सँगको झडपमा गम्भीर घाइते भएका रम्तेललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको नेकपा नेता विजय बुर्लाकोटीले बताए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।



प्रतिक्रिया दिनुहोस !