७ मंसिर २०८१, शुक्रबार

सुरक्षा व्यवस्था हुन्छ, निर्धक्क उद्योग-व्यवसाय चलाउनूः गृह मन्त्रालय(विज्ञप्तिसहित)



२१ माघ, काठमाडौं गृह मन्त्रालयले विहीबार नेकपा दाहाल–नेपाल समूहले गर्न लागेको आमहड्तालप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।

तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति



प्रतिक्रिया दिनुहोस !