दाहाल-नेपाल समुहको काठमाडौंमा राँके जुलुस
काठमाडौं । नेकपाको दाहाल-नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बुधबार साँझ काठमाडौंमा राँके जुलुस निकालेको छ ।
काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको राँके जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै अनेरास्ववियुले जुलुस निकालेका हुन् । भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावादु लगायतको नारासहित राँके जुलुस निकालेका थिए ।
नेकपा दाहाल–नेपाल समुहले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हो ।