७ मंसिर २०८१, शुक्रबार

प्रचण्डसँग सर्वोच्चले माग्यो लिखित जवाफ



काठमाडौ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बुधवार न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

सोमवार अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेका थिए ।

प्रचण्डले अदालत र न्यायाधीशहरुमाथि लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको दाबीसहित सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो । निवेदनमा प्रचण्डविरुद्धमा १ वर्षको जेल सजाय र १० हजार जरिवानाको समेत माग गरिएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित सर्वोच्चका ४ पूर्व प्रधानन्यायाधीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो । सर्वोच्चले सबै पक्षसँग लिखित जवाफ माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !