२३ बैशाख २०८१, आईतवार

‘काम चलाउ प्रधानमन्त्रीको काम संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्र भयो’



काठमाडौ।नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री ओलीको काम संधिवान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै भएको आरोप लगाएका छन् ।  संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा आपत्ति जनाउँदै रावलले यस्तो आरोप लगाएका हुन् । 

‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ  गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो। यो निन्दनीय छ’ रावलले ट्वीटरमा लेखेका छन् ।  



प्रतिक्रिया दिनुहोस !