२३ बैशाख २०८१, आईतवार

ओलीको समर्थनमा मोटरसाइकल र्‍याली (फोटो फिचर)



२१ माघ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा आज नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियूले मोटरसाइकल र्‍याली निकालेको छ ।

प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारीस्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।

र्‍यालीमा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्‍याली निस्किएको छ । 

१२ बजे बालकुमारी पुलबाट शुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिदैछ ।



प्रतिक्रिया दिनुहोस !