२२ बैशाख २०८१, शनिबार

नवनियुक्त प्रमुख आयुक्त राईद्वारा पदभार ग्रहण



काठमाडौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन् ।

बुधवार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिएसँगै नवनियुक्त प्रमुख आयुक्त राईले पदभार ग्रहण गरेका हुन् ।

त्यस्तै प्रमुख आयुक्त राईसँगै नवनियुक्त आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि पदभार ग्रहण गरेका छन् ।

आयोगको टंगालस्थित कार्यालयमा कर्मचारी तथा अन्य आयुक्तहरुले प्रमुख आयुक्त राईसहित दुई आयुक्तहरुलाई स्वागत गरेका थिए ।

गत मङ्सिर ३० गते संवैधानिक परिषद्ले रिक्त रहेका विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ती गरेको थियो । नियुक्त पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !