कक्षा ८ र ११ को पाठ्यक्रममा नयाँ चुच्चे नक्सा समावेश
काठमाडौं । सरकारले कक्षा ८ र ११ को पाठ्यक्रममा लिम्पियाधुरा–कालापानी सहितको भु-भाग समेटिएको नेपालको नक्सा समावेश गरेको छ।
नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । यस अघि केही त्रुटि भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यपुस्तकबाट हटाउन लगाएको भन्दै आलोचना भएको थियो।
भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भू-भाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो। सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।