११ मंसिर २०८१, मंगलवार

प्रचण्ड-नेपाल पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन, बाहिरीयो यस्तो गोप्य कुरा



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

संसद विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनको घोषणा गर्न बुधवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बुधवार (आज) दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको छ । माघ १३ गतेबाट शुरु भएको आन्दोलन माघ २८ गते सम्पन्न हुँदैछ । उक्त पक्षले संसद विघटनविरुद्ध माघ २६ गते देशभर मसाल जुलुस गर्ने र २८ गते काठमाडौंमा जनासभा गर्ने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !