२२ बैशाख २०८१, शनिबार

सुनुवाइ विनाको शपथ असंवैधानिक : नेता सिंह



काठमाडौ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रुपमा संवैधानिक निकायमा गरिएको नियुक्ती प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को असंवैधानिक कदम भएको टिप्पणी गरेका छन् ।
संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा ‘म नै संविधान हूँ’ भन्ने दम्भ थप उजागर भएको पनि उनको भनाई छ ।
सामाजिक सञ्जालमार्फत नेता सिंहले प्रधानमन्त्री केपी ओलीले कोरम नपुगेको संवैधानिक बैठकबाट गरिएको असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदमको जति निन्दा गरे पनि कम हुने टिप्पणी गरे ।
सात दशक लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको पनि नेता सिंहको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !