४ जेष्ठ २०८१, शुक्रबार

संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरुको शपथ आज



२१ माघ, काठमाडौं । संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरुको शपथ बुधबार बिहान नौ बजे हुने भएको छ । तर, यो नियुक्ति गैरसंवैधानिक भएको भन्दै मंगलबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ ।संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको छ ।

त्रिपाठीले पेश गरेको रिट बुधबार सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाउने शीतलनिवासको तयारी अनुसार नौ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकामा अनलाईनमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !