७ मंसिर २०८१, शुक्रबार

ट्राफिक नियम उल्लंघनको जरिवाना भुक्तानि आजदेखि अनलाइनबाटै मिल्ने



२१ माघ, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे आजदेखि अनलाइनबाटै जरिवाना भुक्तानि गर्न मिल्ने भएको छ ।

सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिवाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।

यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !