९ मंसिर २०८१, आईतवार

कोरोनाका कारण वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ जनाको परिवारलाई आर्थिक सहयोग



२१ माघ, जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आईएमईको दुई दिवसीय भेला आयोजना रहेको थियो । सो अवसरमा कोरोनाकारण खाडी मुलुकमा निधन भएका १४ जना मृतक परिवारका लागि आइएमईले ५८ हजारको चेक प्रदान गरे छ । चेक मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरणका थिए ।

आईएमईको दुई दिवसीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आईएमईले आफ्नो स्तरबाट गरेको कार्य सरहानीय रहेको बताए । उनले वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सबाट मुलुकलाई निकै फाईदा भएकोले आईएमईले गरेको कार्यको प्रशंसा गरेका थिए ।

उनले प्रदेशमा लगानीको वातावरण बनेमा मुलुक समृद्धितर्फ अग्रसर हुने भएपनि संघीय सरकारले आफुहरुलाई सहयोग नगरेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !