२८ बैशाख २०८१, शुक्रबार

आज २०७७ माघ २१ गते बुधवारको राशिफल



मेष

आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

मिथुन

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

सिंह

आज ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

तुला

आज चोटपकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ । वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

धनु

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन पनि सकिनेछ । भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

कुम्भ

आज शत्रुपक्ष हावी हुन सक्नेछन् । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ ।

बृष

आज दाईभाई वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ । आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कर्कट

अनावस्यक खर्चबाट बच्न सकिन्छ । नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कन्या

पारिवारिक सद्भाव पनि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ ।

बृश्चिक

आज रोकिएको धन हातलागी हुनसक्छ । सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ ।

मकर

आज दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला । अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ ।

मीन

आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस !