२१ बैशाख २०८१, शुक्रबार

कोरोना खोप अभियानको आज सातौं दिनः देशभर १ लाख २८ हजारभन्दा बढीले लगाए



२० माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियानको सातौं दिन आज देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !