५ मंसिर २०८१, बुधबार

सबै प्रमाण बुझाएका छौँ नेकपा हाम्रो हुन्छ : नेता खनाल



काठमाडौ।नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरु नै आधिरिक भएको दाबी गरेका छन् ।  पार्टी आधिकारिकता दाबीका लागि निर्वाचन आयोग पुगेका खनालले  यस्तो बताएका हुन् । 

‘हामीसँग  ७० प्रतिशत भन्दा धेरै केन्द्रीय सदस्य छन्। त्यो कुरा दुईपटक बसेको केन्द्रीय कमिटीको बैठकले प्रमाणित गरेका छौँ । सम्पूर्ण तथ्य प्रमाण र विधान सबैलाई राखेर दाबी गरेका छौँ। आधिकारिकता हामीबाट बाहिर जानै सक्दैन,’ उनले भने, ‘आयोगमा नेकपा भनेको प्रचण्ड–माधव रहेको आधिकारिक रहेका दाबी गरेका छौँ। दाबी प्रस्तुत दल ऐनको धारामा टेकेर दाबी गरिरहेका छौँ ।’ 

उनले नेकपाको विवाद समाधान नभएसम्म निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने पनि बताए ।  उनले नेकपा ओली समूहलाई सानो टुक्रो भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !