८ जेष्ठ २०८१, मंगलवार

नागरिक स्वतन्त्रता बन्दुकको नालमा



काठमाडौ।म्यानमारमा निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता कब्जा गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। 

अमेरिकाले सुरक्षा परिषद्को बैठक बोलाएर विश्वको ध्यान म्यानमारमा केन्द्रित गराएको छ। आज मङ्गलवार बस्ने राष्ट्र सङ्घीय सुरक्षा परिषद् बैठकमा म्यानमारको सेनाले शासन व्यवस्था आफू मातहत लिएको विषयलाई अजेण्डा बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

म्यानमारको निर्वाचित सरकार भङ्ग गर्दै सेनाले एक वर्षका लागि सङ्कटकालको घोषणा गरेको छ ।

विश्वका अधिकांश देशले सेनाको यो कदमको विरोध गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य कु म्यानमारको प्रजातान्त्रिक प्रक्रिया र कानुनी शासनमाथिको सीधा आक्रमण भएको बताएका छन्।

भरखरै मात्रै अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। 



प्रतिक्रिया दिनुहोस !