५ मंसिर २०८१, बुधबार

जुत्ता, चप्पलको व्यापार मेला



काठमाडौ।फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जुत्ता, चप्पल तथा व्यापार मेला आयोजना गर्ने भएको छ। एसोसिएसनले हरेक वर्ष झैँ यस वर्ष माघ २१ गतेदेखि काठमाडौँको भृकटिमण्डपमा जुत्ता तथा चप्पलको व्यापार गर्ने भएको हो ।फागुन १० गतेसम्म हुने व्यापार मेलामा नेपाली जुत्ता चप्पल प्रेमीहरूलाई एकै स्थानमा सबै ब्रान्डका जुत्ता चप्पल आकर्षक छुटका साथ उपलब्ध गराउने एसोसिएसनका  अध्यक्ष कृष्ण कुमार फुयाँलले प्रतिबद्धता जनाएका छन्। 



प्रतिक्रिया दिनुहोस !