५ मंसिर २०८१, बुधबार

चुनावमा गए रामचन्द्र पौडेल पनि प्रधानमन्त्री हुनुहुन्छ होला नि : गगन थापा



काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव नेपाली कांग्रेसका लागि ठूलो विषय नभएको बताएका छन्। थापाले संविधान जोगाउनु कांग्रेसका लागि अहिलेको मुख्य विषय भएको प्रस्ट पार्दै यस्तो बताएका हुन्।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेसले विधि पद्धति बचाउन लाग्नुपर्ने उनले बताए।’कांग्रेसका लागि चुनावै सबैथोक हैन। सिंहदरबार जानु, बालुवाटार पस्नु ठूलो कुरा हैन। शीतलनिवास जानुमात्र हैन नि,’ थापाले भने।यस्तै अवसर र मौका छोप्ने हो भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चुनाव रोज्ने उल्लेख गर्दै तत्कालको लाभ पौडेलले नहेरेको उनले दाबी गरे। थापाले भने, ‘रामचन्द्र पौडेल तनहुँमा सधैं जित्दै आए पनि यसपटक पक्षमा आएन। यसपटक नेकपा फुटेको बेलामा चुनावमा गए जितिन्छ होला नि। फेरि सांसद बनिन्छ होला नि। प्रधानमन्त्री बनिन्छ होला नि। तत्कालको लाभ हेर्ने हैन कांग्रेसले। विधि पद्दति बाँच्छ कि बाँच्दैन त्यो हेर्ने हो। त्यही कुरालाई अनुशरण गर्दै हामी एक ठाउँमा छौं।’पहिलो पोस्ट बाट साभार



प्रतिक्रिया दिनुहोस !