११ मंसिर २०८१, मंगलवार

किन भयो संवैधानिक परिषद् बैठक स्थगित ?



काठमाडौ।बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिना परिषद् सदस्य हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि परिषद् बैठक पहिलो पटक बोलाएका थिए। 

विगतमा विभिन्न संवैधानिक निकायमा परिषद्ले गरेका नियुक्तिको सिफारिस विवादमा परेको बेला पुनः बैठक बोलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस !