३ जेष्ठ २०८१, बिहीबार

अमेरिकामा १० वर्ष यताकै व्यापक हिमपात र आँधी



एजेन्सी । अरिमेकामा १० धेरै हिमपात भएको छ । अमेरिकी मिडियाहरुमा आएका खबर अनुसार अमेरिकाका २० राज्यमा भारती हिमपात भएको छ । न्यूयोर्क टाइम्सका अनुसार सोमबार बेलुकासम्म न्यूजर्सी र पेन्सलभेनियाका भू–भागमा २० इन्च भन्दा बढी बाक्लो हिउँ जमिरहेको छ ।

न्यूयोर्कमा १६ इन्च बाक्लो हिउँ पुगेको छ । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा निरन्तर हिम आँधी चलिरहेको छ । आँधीका कारण सोमबार रातिसम्म एक जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

हजारौँको संख्यामा उडानहरु रद्ध भएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । सवारी साधनहरु बीच बाटैमा फसेका छन् । अमेरिकी मिडियाका अनुसार राष्ट्रिय मौसम सेवाले २ फिटभन्दा बढी पुग्ने भविष्यवाणी गरेको छ । हिम आँधी र हिमपातबाट करोडौँ व्यक्तिहरु प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !