४ जेष्ठ २०८१, शुक्रबार

अबको २५ वर्षमा ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य पुरा हुनेः प्रधानमन्त्री



२० माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले यस्तो अवधारणापत्र पारित गरेको हो ।

आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ यात्राले गति प्रारम्भ गरिसकेको बताए । उनले दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक हासिल गर्न सबै पक्षले इमानदारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको समृद्धि र सुखको आकांक्षा सम्बोधन हुनेगरी योजना तर्जुमा गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।

यस अवधारणापत्र अनुसार नेपाल आगामी २०७९ सालमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । त्यस समयसम्म प्रतिव्यक्ति आय भने १४ सय डलर पु¥याउने लक्ष्य छ । यो लक्ष्य भने निकै चुनौतीपूर्ण हुनेछ । किनकि अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर मात्र रहेको छ । सरकारले सन् २०२१ मा भने उच्च आय भएको मुलुकमा रूपान्तरण हुने बताएको छ । त्यसबेला नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुग्ने भएको छ ।

वर्तमान सरकार आएसँगै सबैभन्दा बढी घन्काइएको नारा हो । समृद्ध नेपाल, सुखी नेपाली । तर, यसको लक्ष्य भेटाउन भने कम्तीमा पाँच आवधिक योजना अर्थात २५ वर्ष कुर्नुपर्नेछ । योजना आयोगका अनुसार यो लक्ष्य प्राप्तमा तीन चरणको विकास अवधि तोकिएको छ । चालू १५औं योजनाले समृद्धि र सुखको आधार बनाउने भएको छ । १६औं र १७औं आवधिक योजनाले समृद्धि र सुखलाई तीव्रता दिने बताइएको छ । सो अवधिमा दीगो विकासका लक्ष्यसमेत प्राप्ति भइसक्ने प्रक्षेपण आयोगको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !