२९ बैशाख २०८१, शनिबार

झण्डै ६६ लाख नागरिक अझै ढिकेनुनकै भरमा



२० माघ, काठमाडौं । देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार, कुल जनसंख्याको २२ प्रतिशतले ढिकेनुन प्रयोग गरिरहेका छन् । जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ ।

सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयनमा आउन सकेको छैन । यो समाचमार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !