३ मंसिर २०८१, सोमबार

अहिलेसम्म १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप



१९ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत आजसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जनाले खोप लगाएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै बागमतीमा लगाएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !