६ मंसिर २०८१, बिहीबार

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्ने दाहाल–नेपाल समूहको निर्णय



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल– माघवकुमार नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ।सोमबार बसेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो। 

यस्तै, बैठकले केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने र महासचिव विष्णु पाैडेललाई पदबाट हटाउने निर्णयसमेत गरेको छ।

यसअघि माघ ११ मा उक्त समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको थियो। सोही निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गरिएको हो।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्। 

त्यसयता नेकपा स्पष्टरूपमा दुई समूहमा विभाजन भएको हो। 



प्रतिक्रिया दिनुहोस !