१० मंसिर २०८१, सोमबार

कांग्रेसका १३ भ्रातृसंस्थाको संयुक्त विरोध सभा चल्दै



काठमाडौ।केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भ्रातृसंस्थाहरूले अहिले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गरिरहेका छन् । 

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय अनुसार भ्रातृसंस्थाले संयुक्त रूपमा विरोधसभा गरिरहेका हुन् । कांग्रेसको यो तेस्रो चरणको पहिलो कार्यक्रम हो । यसअघिका दुई चरणका आन्दोलनमा कांग्रेस आफैले आन्दोलनको नेतृत्व गरेकोमा यो चरणमा भ्रातृसंस्थाहरूलाई एकजुट भएर अगाडि जान आह्वान गरेको थियो । 

१३ भ्रातृसंस्थाका प्रमुखले आइतबार संयुक्त अपिल जारी गर्दै विरोध कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेका थिए । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजका अध्यक्षहरूले संयुक्त अपिल जारी गरेर प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध हुने प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !