१९ बैशाख २०८१, बुधबार

आर्मीको गोल वर्षा



काठमाडौ।राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विराटनगरलाई ७-० गोल अन्तरले परजित गरेको हो । 

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् । जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आर्मी यो तेस्रो जित हो । आर्मीले ५ खेलमा १० अंक जोडेको छ । विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ  । 



प्रतिक्रिया दिनुहोस !