११ मंसिर २०८१, मंगलवार

उद्योग वाणिज्य संघ खैरहनीको मतदान सुरु



चितवन । पूर्वीचितवनको खैरहनीमा रहेको उद्योग वाणिज्य संघ खैरहनीको १०औँ वार्षिक साधारण तथा पाँचौँ अधिवेशन आइतबार सुरु भएको  छ ।

आज सोमबार संघको नयाँ कार्यसमिति चयनका लागि मतदान बिहान ९ बजेबाट सुरु भएको छ । अधिवेशनमा नेकपा निकट व्यवसायीको प्रगतिशील समूह र नेपाली कांग्रेस निकट व्यवसायीको लोकतान्त्रिक समूह चुनावी मैदानमा रहेका छन् । प्रगतिशील समूहको नेतृत्व शेषकुमारी सडौला ओलीले गरेका छन् । भने, लोकतान्त्रिक समूहको नेतृत्व दिपेन श्रेष्ठ हिराले गरेका छन्।

प्रगतिशील समूहबाट अध्यक्षमा ओली तथा लोकतान्त्रिक समूहबाट श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन् । ११ वर्षअघि संघमा प्रवेश गर्नुभएकी ओली कार्यसमिति सदस्य, महासचिव हुँदै हाल द्वितीय उपाध्यक्ष रहेका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ भने कार्यसमिति सदस्य, द्वितीय उपाध्यक्ष र हाल सदस्यमा रहेर काम गरेका छन् ।

प्रगतिशील समूहबाट वाणिज्यतर्फ सदस्यमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, तिलकमणि पाठक, प्रेमनारायण जोशी, प्रेमबहादुर विक, अजयकुमार रावल र दुर्गा घिमिरे तथा उद्योगतर्फ सदस्यहरुमा रामेश्वर पोखरेल, चिरञ्जीवि अर्याल, नवीनकुमार श्रेष्ठ, अम्मरराज उप्रेती, लालमणि कुँवर, रामशरण कार्की र रामकृष्ण चौधरीको उम्मेदवारी छ ।

त्यस्तै, लोकतान्त्रिक समूहबाट वाणिज्यतर्फ सदस्यमा कुमार खनाल, केदारनाथ बर्तौला, विनोद अर्याल, अनिल श्रेष्ठ, विक्रम खड्का, प्रशान्त अधिकारी, रामेश्वर चौधरी, रामचन्द्र विश्वकर्मा र क्षेत्रबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । उद्योग सदस्यमा किरण बुर्लाकोटी, अनुप अधिकारी, शङ्कर कँडेल, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे र विक्रम चौधरीको उम्मेदवारी परेको छ ।
नयाँ कार्यसमिति चयनका लागि यहाँका १ हजार ४३० उद्योगी तथा व्यवसायीले मताधिकार प्रयोग गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !