२८ बैशाख २०८१, शुक्रबार

आज २०७७ माघ १९ गते सोमवारको राशिफल



आज २०७७ माघ १९ गते सोमवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

आज दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ ।

मिथुनराशि

आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंहराशि

आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

तुलाराशि

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ । मान सम्मान पाइनसक्छ । घरमा अतिथीको आगमन हुनेछ ।

धनुराशि

प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि हुन सक्छ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भराशि

धार्मिक र सांस्कृतिक कार्यमा सरिक भाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ ।

बृषराशि

सौन्दर्यतामा धन खर्च हुनेछ । मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

कर्कटराशि

कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

कन्याराशि

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला । मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला ।

बृश्चिकराशि

आज महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ ।

मकरराशि

शुभ समाचार सुन्न पाईएला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ ।

मीनराशि

आज कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।



प्रतिक्रिया दिनुहोस !