४ मंसिर २०८१, मंगलवार

विप्लव समूहका पाँच कार्यकर्ता पक्राउ



सुर्खेत । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच कार्यकर्तालाई रुकुम पश्चिमबाट प्रहरीले पक्राउ गरेको छ ।

गएको माघ १० गते त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी धुर्वकुमार श्रेष्ठले जानकरी दिए ।

पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा, त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईली रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !