८ मंसिर २०८१, शनिबार

सापकोटाद्वारा संवैधानिक नियुक्तीका सिफारिस फिर्ता



काठमाडौ।प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाल संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाइदिएका छन् ।

संवैधानिक परिषदले गत पुस ४ गते संसद विघटनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्ती गरिएको बताएको थियो ।

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री सहित ६ ५ जना अनिवार्य उपस्थित हुने प्रावधान रहेकातापनि सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता नभएपनि नियुक्ती गर्न सक्ने अध्यादेश ल्याइएको थियो ।

सोही अध्यादेशका आधारमा बसेको परिषद्को बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । तर संसद विघटन भइसकेपछि सिफारिस सुनुवाई हुन नसक्ने भन्दै सभामुख सापकोटाले फिर्ता पठाइदिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गर्ने सिफारिस अनुमोदन गरि मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !