१० मंसिर २०८१, सोमबार

अनुगमन गर्न गएका मूख्यमन्त्री पाखरेल निर्माणाधिन पुलको शिलान्यास गरेर फर्किए



माघ,१८ काठमाडौ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाोखरेलले निर्माणाधिन पुलको शिलान्यास गरेका छन् । रोल्पाको धाङसी खोलामा गत असोजमा निर्माण सम्झौता भई २५ प्रतिशत भौतिक प्रगतिसमेत भएको पक्की पुलको उद्घाटन गरेका हुन् । निर्माणाधिन पुलको अनुगमन गर्न पुगेका मुख्यमन्त्रीले उद्घाटन नै गरेर फर्किएका हुन् । 

उनले पुलको शिलान्यास गर्दै विकासमा जोडिन सबै नागरिकलाई अनुरोध गरे । मुख्यमन्त्री पोखरेलका साथ पुल शिलान्यासस्थल पुगेका रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले राजनीतिक रुपमा चर्चा कमाएको रोल्पाका जनतालाई विकासका गतिविधिमा सामेल हुन मुख्यमन्त्रीले गरेको आह्वान सराहनीय रहेको बताए । 

सदरमुकाम लिबाङसँग धाङ्सी, धबाङ, होमा, मिरुल, कुरेली गाउँलाई सडक मार्गले जोड्न प्रदेश सरकारले उक्त पुल निर्माण गर्न थालेको हो । सम्झौता अवधिदेखि दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने सर्तसहित उक्त पुल निर्माण जिम्मेवारी एसियाटिकरराज जेभीले लिएको हो । प्रि स्टेज प्रकारको सडक पुलको कुल लागत ५ करोड ६१ लाख ४९ हजार ५ सय ४९ छ । 

पुल निर्माणको भौतिक प्रगति २५ प्रतिशत र कुल रकममध्ये १४ प्रतिशत बजेट भुक्तानी गरिसकिएको जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयका प्राविधिक धनबहादुर घलेले बताए । करिब ६० मिटर लामो पुल बनाउन भारतबाट तयारी सामान (लठ्ठा) ल्याउनुपर्नेछ भने ३०र३० मिटरको दूरीमा दुईवटा स्पान छन् । पुलको निर्माण सम्पन्न कार्य ०७९ भदौ २४ मा हुनेछ । प्रदेश सरकारले उक्त पुलसहित रोल्पामा ६ वटा पुल एकैसाथ निर्माण गरिरहेको छ । 

चार महिनाअघि ठेक्का सम्झौता भई एक चौथाइ निर्माण कार्य सकिएको पुलको शिलान्यास मुख्यमन्त्री पोखरेल आफैं आएर गर्दा कतिपयले ‘चुनावी’ नारासहित गाउँ पसेको टिप्पणी गरेका छन् । पुलको निर्माण कार्य धमाधम भइरहेकाले अनुगमन गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले सस्तो लोकप्रियताका लागि पुलको शिलान्यास गरेको अधिकांसको आरोप छ ।  



प्रतिक्रिया दिनुहोस !