१ जेष्ठ २०८१, मंगलवार

काठमाडौँमा बर्ड फ्लू देखिएपछि



काठमाडौँ।काठमाडौँमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ। पशुसेवा विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ। अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्ड फ्लूको पुष्टि भएको हो।

बर्ड फ्लू काठमाण्डौमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिए। यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ।

रोग पुष्टि भएको क्षेत्र काठमाण्डौको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न सक्ने बस्तु नष्ट गरिएको र अरु ठाउँमा पनि सङ्क्रमण सर्न नदिन कडाइ गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिए। केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा काठमाण्डौमा बर्ड फ्लू पुष्टि भएको हो । 



प्रतिक्रिया दिनुहोस !