४ मंसिर २०८१, मंगलवार

‘माघ २३ मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्‍ने चर्चा छ’



काठमाडौ।नेकपा दाहाल नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नसक्ने बताएका छन् ।  

माइतीघरमा प्रतिनिधि सभा विघटनविरुद्ध धर्ना बस्‍न पुगेका नेता पाण्डेले ओलीले कम्युनिष्ट आन्दोलनलाई छोडेर मठाधीश बनेर धर्मको कुरा गर्ने बताएका हुन् । माघ २३ गते नेकपा ओली समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।  

‘२३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्‍ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ उनले भने, ‘अब ओली कम्युनिष्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’विभिन्न अलाइन मीडिया



प्रतिक्रिया दिनुहोस !