२ जेष्ठ २०८१, बुधबार

‘प्रधानमन्त्रीले सनकको भरमा प्रतिनिधि सभा विघटन् गर्नुभयो’



काठमाडौ।अधिवक्ता गोपालदत्त पाण्डेले प्रधानमन्त्रीले सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । संवैधानिक इजलासमा बहस गर्दै पाण्डेले संविधानमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने उल्लेख रहेको बताएका हुन् ।  

‘प्रधानमन्त्री संसद्प्रती उत्तरदायी हुने र संसद्लाई जोगाउने भन्‍ने कुरा संविधानमा उल्लेख छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सनकको भरमा घरभित्रको झगडालाई ल्याएर प्रतिनिधि सभा विघटन गर्नुभयो। उहाँले त्यो अधिकार पाउनुहुन्छ ?’ अधिवक्ता पाण्डेलाई न्यायाधीश अनिल सिन्हाले त्यस खाले उदाहरण इजलासमा नदिन आग्रह पनि गरे ।   



प्रतिक्रिया दिनुहोस !