प्रचण्ड – नेपाल माइतीघरको धर्नामा उपस्थित हुने
काठमाडौ।प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल माइतीघरमा धर्ना दिन पुगेका छन् । माघ १४ गतेदेखि मण्डलामा जारी धर्नामा अध्यक्ष दाहाल र नेपाल आज सहभागि भएका हुन् ।
दाहाल नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सांसदलगायतका नेताहरु पनि धर्नामा बसेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले धर्नासँगै उपत्यका बाहिरका मुख्य सहरमा शक्ति प्रदर्शन गरेको थियो ।