४ जेष्ठ २०८१, शुक्रबार

जो भाइरल उ कलाकार , वास्तविक कलाकार परे ओझेलमा – बिमल अधिकारी



माघ,१७ काठमाडौ।लोकदोहोरी गीतका मोडल विमल अधिकारीले पछिल्लो समय सांगीतिक क्षेत्रमा ‘भाइरल’हरुको ‘मिस यूज’ भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएकाहरुलाई ल्याएर गीत रेकर्ड गराउने, म्युजिक भिडियो खेलाउने प्रवृत्ति बढेकोमा चिन्ता ब्यक्त गर्दै एनले यसले समग्र सांगीतिक क्षेत्रलाई नै असर गरिरहेको बताए ।

लोकदोहोरी मोडलिङमा एक दशक बिताएका विमलले ‘भाइरल’हरुको जथाभावी प्रयोगले लामो समयदेखि गीत–संगीतमा लागिपरेका कलाकारहरुलाई समेत असर गरिरहेको बताए ।

आफ्नै गीत ‘पछयौरी लिसियो’ले युट्युबमा एक करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा विमलले भने– ‘अहिले फलानोको खुट्टा भाँचियो, उसले गीत नै गाउनुपर्ने, उसले भिडियो नै खेल्नुपर्ने । स्टुडियो बाख्राको खोरजस्तो भैसक्यो ।’ विमलले उनीहरुलाई आर्थिक समस्या भए अन्य तरिकाले पनि सहयोग गर्न सकिने बताए ।

गीत–संगीत क्षेत्रमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने बिमलको तर्क छ । ‘उहाँहरुलाई खान–लाउन समस्या छ भने अरु केही हिसाबले सहयोग गरौं । यसले उहाँहरुलाई पनि दीर्घकालिन असर गर्छ । तर, यसरी उहाँहरुको प्रयोग हुँदा प्रतिभा भएका कलाकारहको हत्या भईरहेको छ’–विमलले भने ।विमलले भने–‘राम्रो कुरा गर्दा यहाँ धेरैलाई नपच्ने रहेछ । सबैतिरबाट प्रहार हुने रहेछ । बजारले पनि नवुझ्ने रहेछ ।’ उनले आफू कहिल्यै ‘भाइरल’हरुलाई ‘मिस यूूज’ गरेर चर्चामा नआएको दाबी गरे ।

पछिल्लो समय चलेका कलाकारहरुको गीतभन्दा भाइरल कलाकारहरुले खेलेका भिडियोको भ्यूज बढी जाने हुँदा उनीहरुको प्रयोग बढेको गीत संगीतमा लगानी गर्नेहरु बताउँछन् । तर, यसले गीतसंगीत क्षेत्रलाई क्षणिक फाइदा दिएपनि दिर्घकालिन रुपमा भने असर गर्ने सांगीतिक क्षेत्रकै जानकारहरुको तर्क छ । अनलाईनखवरबाट



प्रतिक्रिया दिनुहोस !