खुला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई निधिको सुझाव
माघ,१७ काठमाडौ।नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले खुला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएका छन् । नेपाल सहकारी बैंक लिमिटेको भेला उद्घाटन गर्दै उपसभापति निधिले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएका हुन् ।
सहकारीको पहुँच बिस्तारमा समस्या देखिएको भन्दै लक्षित बर्गसम्मको पहुँच बढाउनुपर्नेमा निधिले जोड दिए । निधिले खुला र प्रतिष्पर्धात्कम अर्थनीति भनेपछि व्यवहारमा लागू हुन नसकेको बताए ।
त्यस्तै उनले नेपालको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सहकारी क्षेत्रको भूमिका अपरिहार्य रहेको जिकिर गरे । प्रजातन्त्रीक सिद्धान्तसँग सहकारी अभियान आवद्ध रहेकोसमेत निधिले उल्लेख गरे ।