४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई



माघ,१७ काठमाडौँ : त्रिभुवन आर्मी क्लबले शनिबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो । प्रतियोगिता उपाधि उचालेसँगै आर्मीले १० लाख प्राप्त गर्‍यो भने उप-विजेता एपीएफले पाँच लाख हात पार्‍यो । 

कीर्तिपुस्थित त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ११ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको एपीएफले ४१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो । 

एपीएफ अपराजित रहँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । आर्मी भने लिग चरणमा एपीएफसँग पराजित भएको थियो । आर्मीले यस प्रतियोगिता सुरु भएदेखि नै प्रत्येक संस्करणको फाइनल खेल्दै आएको छ । २०७४ मा भएको पहिलो संस्करणमा आर्मीले विभागिय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग उपाधि बाढेको थियो । दोस्रो संस्करणमा भने एपीएफसँग पराजत भएको थियो ।  



प्रतिक्रिया दिनुहोस !