प्रधानमन्त्री अज्ञान् छन , उनको अहिले काम छैन – नेता गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पुर्व मन्त्री गगन थापाले भारत र बेलायतको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई दिएको अधिकार नेपालको संविधानले परिकल्पना नगरेको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ ले सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो संविधानमा प्रधानमन्त्री विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान छ। विघटनको अधिकार छैन। हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने अनि भारत र बेलायतको उदाहरण दिने भए उतै जानुस् ।’
यस्तै उनले अहिले अदालतमा बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर बहस भइरहेको बताउँदै मन नलागे प्रधानमन्त्री घर जान सक्ने बताए। ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर अदालतमा छलफल चलिरहेको छ। मन लागेन भने गर्ने घर जाने। घरमा बस्न मन नलागे वन जाने,’ उनले भने।
उनले पाँच वर्षका लागि केपी ओलीलाई जिम्मेवारी दिइएको तर ओलीले त्यसलाई पूरा गर्न नसकेको बताए। ‘संविधानको जगमा उहाँलाई जिम्मेवारी दिइयो। तर शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्,’ उनले भने, ‘घर बनाउन नसक्ने हो भने जानिनँ भन्नुपर्नेमा उहाँ जग भत्काउन लाग्नुभयो।’
उनले ओलीलाई इतिहासले जनताको अधिकार खोस्ने शासकका रुपमा दर्ज गर्ने बताए । थापाले अहिले चुनाव कसले जित्ने भन्ने प्रश्न नभएको भन्दै काँग्रेसले जित्ने बताए । ‘आज नेकपाकै दुई खेमा एक अर्काविरुद्ध खेलेका छन्। चुनाव जित्ने र हार्ने कुराका लागि मात्रै नेपाली काँग्रेस बनेको होइन,’ उनले भने, ‘हामीलाई लागेको छ गोल हान्न सजिलो छ। तर खेल मैदान रहेन गोल हान्ने हो, नरहे के गर्ने रु त्यसैले खेल मैदान राख्ने पद्धति राख्नका लागि काँग्रेस लडेको छ।’
उनले ओलीको नाम नेपाली जनताको अधिकार खोस्ने शासकको पंक्तिमा लेखिने दाबी गरे । नेता थापाले भने, ुप्रधानमन्त्रीज्यू तपाईंले नेपाली जनता अपमान गरिरहनुभएको छ । युगको अवमूल्यन गरिरहनुभएको छ । तपाईंको नाम अधिकार खोस्ने शासकको पंक्तिमा लेखिने छ।’
उनले प्रधानमन्त्री ओलीलाई जनताले केही पनि थाहा नभएको तर केही पनि थाहा छैन भन्ने थाहा नपाएको पात्रका रुपमा लिएको टिप्पणी गरे । यस्तै उनले काँग्रेसभित्र चुनावको पक्षमा उभिएका नेतामाथि पनि प्रश्न उठाए ।
उनले भने, संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही लड्डु काँग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् तपाईं संविधानको पक्षमा कि विपक्षमारु,’ थापाको प्रश्न छ ।मध्यात्र अन्लाईन ।।
यो समाचार पढेर तपाईंलाइ कस्तो लाग्छ आफ्नो प्रतिक्रिया तलको कमेन्ट् सेक्सनमा व्यक्त गर्नु होला