दुई दिनदेखि लागेको डढेलो नियन्त्रणबाहिर
१७ माघ, मनाङ । मनाङको नासो गाउँपालिकामा रहेको जङ्गलमा आगो लागि भएको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
रातदिन नभनी भोकभोकै स्थानीय आगो निभाउन सक्रिय भए पनि डढेलो नियन्त्रणमा आउन नसकेको स्थानियले बताएका छन् ।
तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको स्थानियको भनाइ छ । जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको जनाएको छ । पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयास भइरहेको छ ।
‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पार्यो’, एक स्थानियले भने, ‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ ।’
आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेको जनाएको छ । ल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको जनाएको छ।
गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो लागि भएको छ ।