५ जेष्ठ २०८१, शनिबार

कोरोनाविरुद्धको खोप लगाउने आज तेस्रो दिन, ४६ हजारभन्दा धेरैले लगाए



१६ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको तेस्रो दिन आज सम्म ४६ हजार एक सय ९७ जनाले खोप लगाएका छन् ।

७७ जिल्लाका एक सय ६९ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा शुक्रवार ७७ वटै जिल्लामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार तेस्रो दिन शुक्रवार सम्म प्रदेश १ मा सात हजार तीन सय ६९ जनाले खोप लगाए भने प्रदेश २ मा चार हजार ६ सय ५० र वाग्मतीमा १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् ।

त्यस्तै गण्डकीमा सात हजार एक सय ५३, लुम्बिनीमा चार हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा तीन हजार सात सय ८३ जनाले खोप लगाएका छन् ।

खोप लगाएका केही व्यक्तिमा सामान्य असर देखिएको भए पनि उनीहरूमा केही समयमा असर हराएको र जटिल खालको असर अहिलेसम्म कसैलाई नदेखिएको प्रवक्ता गौतमले बताउनुभयो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !