३ जेष्ठ २०८१, बिहीबार

गुल्मीमा किन घट्टदै छ यस्तो घटना ?‘झारफुकको नाममा डामेर हत्या’



माघ,१६ गुल्मी । इस्मा गाउँपालिका ३ दर्लामचौरका ६४ बर्षीय राम बहादुर मुखियाको डामेर हत्या भएको निष्कर्ष इन्सेकले निकालेको छ । उक्त निष्कर्षसहितको प्रतिवेदन इन्सेक गुल्मीले  जिल्ला प्रशासन कार्यालय गुल्मीलाई बुझाएको छ । 

गत पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सञ्चो गराउने बहानामा विभिन्न धातुहरुलाई आगोमा तताएर डामेपछि राम बहादुर र उनका छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएका थिए । उपचारको क्रममा रामबहादुरको मृत्यु भएको थियो भने अन्य घाइतेको हालसम्म पनि उपचार भइरहेको छ । 



प्रतिक्रिया दिनुहोस !