२ जेष्ठ २०८१, बुधबार

‘कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’- नेता पौडेल



माघ,१६काठमाडौ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसरमा शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘प्रचण्ड-माधव नेपालसँग रिस उठेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो,’ नेता पौडेलले भने, ‘कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’

उनले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्‍न चाहेको आरोपसमेत लगाए । संविधानभन्दा माथि कसैलाई पनि नराख्‍न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण गर्दै नेता पौडेलले भने, ‘तर, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि बस्‍न चाहिरहनुभएको छ ।’

उनले नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली भएको पनि ठोकुवा गरे । ‘देशमा समृद्धि नआउनुको कारण केपीले देशको नेतृत्व गरेका कारण हो,” नेता पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस !