२ जेष्ठ २०८१, बुधबार

भरतपुरमा गौरवको आयोजनामाथि संघीय सरकार हस्तक्षेप गरेकाे मेयर दाहालकाे आराेप !



माघ,१६ चितवन।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यहाँको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नमिल्ने बताएकी छन् ।आज भरतपुर महानगरपालिकाकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी, कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजनामा केन्द्र सरकारले हस्तक्षेप गर्नु राज्यको दुरुपयोग भएको बताइन् । 

पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन्, ‘काम सुरु भइसकेको आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री नै आउनु भनेको राज्यको सरासर दुरुपयोग हो, यसमा हाम्रो गम्भीर असहमति छ, स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको महसुस हामीले गरेका छौँ ।’

केन्द्र सरकारको ठाडो हस्तक्षेप

प्रमुख दाहालले काम चलाउ सरकारले भरतपुर महानगरलाई निषेध गरेर संघीयताको मूल मर्म विपरीत गएर स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको बताइन् । उनले भनिन्, ‘विगतमा पटकपटक शिलान्यासको मिति तोकेर तयारी ग¥यौँ, तर अनेक बहाना बनाइ शिलान्यास गर्न दिइएन, अहिले काम सुरु भइसकेको आयोजनामा स्थानीय सरकारलाई गुमराहमा राखेर शिलान्यास गर्ने योजना केन्द्र सरकारले बनाएकोमा यसप्रति हाम्रो गम्भीर असहमति छ ।’


प्रमुख दाहालले महानगरलाई पूरै माइन गरेर शिलान्यास कार्यक्रम राखेकाले सो कार्यक्रममा महानगर सहभागी नहुने बताइन् । उनले प्रश्न गर्दै भनिन्, ‘शिलान्यास कार्यक्रमपछि आमसभा समेत राखिएको सुनिएको छ, शिलान्यास कार्यक्रम भन्ने अनि राज्यको दुरुपयोग गरेर आमसभा राख्न मिल्छ ?’ भरतपुर महानगरले यसअघि पटकपटक अर्थमन्त्री विष्णु पौडेलसँग कुराकानी गरेर शिलान्यास गर्न खोज्दा विभिन्न बहानाबाजी गरेर रोक्ने काम भएको प्रमुख दाहालले बताइन् ।NBK



प्रतिक्रिया दिनुहोस !